कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुग्यो

14
Shares

तनहुँ, (नेस)
कोरोना संक्रमण बढ्दै गएसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । तनहुँमा पनि ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । सोमबार राती तनहुँका एक पुरुषको ज्यान गएको छ । व्यास नगरपालिका–५ का ६६ वर्षीय कोरोना संक्रमित पुरुषको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कात्तिक १६ गते संक्रमण पुष्टि भएका ती पुरुषको सोमबार ज्यान गएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । संक्रमणबाट एक जनाले ज्यान गुमाएसँगै मंगलबारसम्म तनहुँमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

व्यास नगरपालिकामा ५, भिमाद नगरपालिकामा ३, आँबुखैरेनी गाउँपालिकामा २, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा एक÷एक जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ८८ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमणबाट गण्डकी प्रदेशमा सबैभन्दा धेरै संक्रमितको ज्यान गएको छ ।