अवैध १ करोड रुपयिाँसहित ३ पक्राउ

0
Shares

काठमाडौं, (नेस)
ओमबहालस्थित गोल्डेन लिफ होटलमा अवैधरुपमा हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा १ करोड रुपियाँ बरामद गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले अवैध हुण्डी रकमसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल रहेका छन् । पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाएको ब्युरोले जनाएको छ ।