ललितपुरमा कोरोनाका ७९ कारण मृत्यु

0
Shares

नेपाल समाचारपत्र, ललितपुर

ललितपुरमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ हजार ३ सय १६ पुगेको छ । त्यसै गरी कोरोनाका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार कुल कोरोना संक्रमित संख्या ८ हजार ८ सय १० रहेको छ । त्यसमध्ये सक्रिय संक्रमितको संख्या २ हजार ४ सय १५ पुगेको कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिकामा कोरोना निको हुनेहरुको संख्या ३ हजार ८ सय ६१ र मृतकको संख्या ३५ पुगेको ¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले बताउनुभयो । महानगरपालिकामा हालसम्म कुल कोरोना संक्रमित संख्या ५ हजार ४ सय ४२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ४६ पुगेको छ ।

महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ सय १ र मृतकको मृतकको संख्या ६ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले जानकारी दिनुभयो । सो नगरपालिकामा अहिलेसम्म कुल कोरोना संक्रमितको संख्या १ हजार १ सय ५४ र सक्रिय संक्रमित संख्या ३ सय ४७ पुगिसकेको छ ।

त्यसै गरी गोदावरी नगरपालिकामा कोरोना संक्रमित हुनेको संख्या ४ सय ३५ र मृत्यु हुनेको संख्या सात पुगेको छ । यहाँ हालसम्म कुल कोरोना संक्रमितको संख्या ६ सय ३१ र सक्रिय संक्रमित संख्या १ सय ८९ पुगेको नगरपालिकाले जनाएको छ ।

गोदावरीको वडा नं ११ चापागाउँमा ५२ महिला र ६४ पुरुष गरी १ सय १६ जना संक्रमित रहेका छन् । सो वडा सबैभन्दा बढी संक्रमित रहेको वडा हो भने वडा नं ७ देवीचौर हालसम्म एक जना मात्र संक्रमित भएको नगरपालिका सूचना अधिकृत विष्णु कँडेलले बताउनुभयो ।

त्यसै गरी दक्षिण ललितपुरका बागमती, महांकाल र कोञ्ज्योसोम तीन गाउँपालिकाका धेरैजसो कोरोना संक्रमित स्वास्थ्यलाभ गरेर डिस्चार्ज भइसकेका छन् । महांकाल र कोञ्ज्योसोममा कोरोनाका कारण हालसम्म कसैको मृत्यु भएको छैन । बागमती–६ आश्राङ निवासी ७० वर्षमाथिका एक जना पुरुषलाई कोरोना लगेर निधन भइसकेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताउनुभयो ।

महांकालमा कोरोना निको हुनेको संख्या १४, सक्रिय संक्रमित एक र कुल कोरोना संक्रमितको संख्या १५ पुगेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताउनुभयो । कोञ्ज्योसोममा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको संख्या १०, सक्रिय संक्रमित चार र हालसम्म गाउँपालिकामा कुल कोरोना संक्रमितको संख्या १४ पुगेको स्वास्थ्य संयोजक नवलकिशोर महतोले बताउनुभयो ।