अर्वपति ज्याक मालाई चीन सरकारको चेतावनी


बेइजिंग,(एजेन्सी)

केहि दिन मै विश्व बजारमा आफ्नो व्यापार व्यवशाय शुरु गर्न लागेको विशाल प्राविधिक कम्पनी एन्ट ग्रुप कर्पोरसनका वरिष्ठ कार्याकारिणी अधिकारीहरु र सो कम्पनीका सह संस्थापक अर्वपति व्यापारी ज्याक मालाई चीन सरकारले नयाा प्रतिवन्ध खेप्नुपर्ने चेतावनी दिएको छ ।

विश्वकै सबैभन्दा ठूलो इनिसियल पब्लिकि अफरिंग ( आइपिओ ) सेयर निष्कासन गरेर ३४ अर्व ५० करोड अमेरिकी डलर संकलन गरिसकेको एन्ट ग्रुपको नियामक जोखिम बढ्दै गइरहेको भन्दै चीन सरकारले यो चेतावनी दिएको बताइएको छ ।

सोमवार मा र अन्य तीनवटा आर्थिक नियामकलाई चीनको केन्दि«य बैंकले एक अत्यन्तै दुर्लभ संयुक्त बैठकमा भाग लिन बोलाएको थियो । तर दुवै पक्षले अहिले सम्म बैठकमा भएको कुनै पनि छलफलका विषयलाई सार्वजनिक गरेको छैन ।

एन्ट समुहका लगानीकर्ताहरुले पहिले देखि नै आर्थिक मामिलामा चिनिया नियामक निकायले हस्तक्षेप गर्न सक्ने थाहा भएको बताइएको छ । एन्ट ग्रुपको विहिवार देखि व्यवशाय शुरु गर्ने पुर्वनिर्धारित कार्यक्रम रहेको थियो ।