अमेरिकामा राष्ट्रपति चुनावका लागि मतदान : ह्वाइट हाउस किल्लामा परिणत

0
Shares

वासिंगटन (एजेन्सी)

शताब्दीकै सबैभन्दा ठुलो महामारीबीच विश्वको सबैभन्दा ठुलो महाशक्ती अमेरिकामा राष्ट्रपति पदका लागि मतदान भइरहेको छ । इतिहासकै सबैभन्दा विभाजनकारी मानिएका मध्यको यस चुनावले अमेरिकाको भविष्यलाई पनि कायापलट गर्न सक्ने अनुमान गर्न थालिएको छ ।

यसबीच रिपब्लिकन उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधलीको आरोप पनि लगाउन थालेको छ । अर्को तर्फ डेमोक्र्याट उम्मेदवार जोय् बाइडेन अहिले पनि रिपब्लिकन मानिएका राज्यहरुलाई आफनो खेमामा समावेश गर्ने प्रयासमा लागिरहेको छ । बेलायतको सट्टाबजरामा ट्रम्प अगाडी देखिरहे पनि बाईडेन लोकप्रिय नै रहन सफल भएको छ । बेटफेयर एक्सचेन्ज अनुसार अनलाईन बेटिंग बजारमा ट्रम्प जित्ने अनुमान ३५ प्रतिशतले बढेर ३९ पुगेको छ भने बाइडेन अगाडी भएर पनि ६५ प्रतिशतबाट ६१ मा झरेको छ ।

चुनावको एक दिन अघि ट्विटर र फेसबुकले राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्टमा फ्ल्याग दिएको छ । ट्रम्पले पेन्सिलभेनियामा मेल इन भोटिंगलाई लिएर सर्वोच्च अदालतको फैसला अत्यन्त खतरनाक भएको र यसमा धेरै नै गडबड हुन सक्ने पोस्ट गरेका थिए । ट्विटरले राष्ट्रपतिको ट्विटलाई नै लुकाइदिएको छ भने त्यसको अगाडी लेबलमा विवादित तथा सम्भावित रुपमा भ्रामक टिप्पणी झुन्ड्याइदिएको छ ।

अमेरिकाको २०२० को राष्ट्रपति पदको यस चुनावलाई देशको पछिल्लो इतिहासको सबैभन्दा विभाजनकारी चुनाव मध्यको एक बताइएको छ । दुबै पक्षका समर्थकले मंगलबार राती मतगणना शुरु भएपछि नै वासिंगतनमा जम्मा हुने घोषणा गरिसकेको छ ।यसबीच गुप्तचर एजेन्सीले ह्वाइट हाउसलाई किलामा परिणत गरेको छ । राष्ट्रपतिको आवास परिसर वरपर चारैतिर एक अस्थायी अग्लो पर्खाल लगाएको छ ।

चुनावको दिन हिंसाको आशंकाका कारण ह्वाइट हाउस, प्रमुख बाणिज्य क्षेत्र, बजारहरुमा सुरक्षा बढाएको छ । सबै सरकारी प्रतिष्ठानलाई उच्च सतर्कतामा राखिएको छ । केही ट्रम्पका समर्थकहरुले उनको हारलाई स्विकार नगर्ने र त्यसको विरुद्ध हतियार सहित सडकमा उत्रने बयान दिइरहेका छन् ।यस पटकको राष्ट्रपति चुनावमा अहिलेसम्मकै सर्बाधिक करिब १० करोडले मतदान गरिसकेको छ र अन्य ६ करोडले मात्र मंगलबारको चुनावमा आफनो मताधिकारको प्रयोग गर्ने अनुमान गरिएको छ ।