कावुल विश्वविद्यालयमा आतंककारी हमला


कावुल,(एजेन्सी)

अफगानिस्तानको कावुल विश्वविद्यालयमा आक्रमण गर्न आएका बन्दुकधारी र सुरक्षाकर्मिहरुबिच सोमवार भएको घन्टौं लामो भिडन्तमा कम्तिमा बाइसजना व्यक्तिको ज्यान गएको स्थानिय संचार माध्यमले जनाएका छन् । अफगान आन्तरिक मामिला मन्त्रालयका प्रवक्ताले हमलामा संलग्न तीनै जना बन्दुकधारी मारिएकपछि भिडन्त समाप्त भएको बताएका छन् ।

एउटा क्षेत्रिय इस्लामि स्टेट ( आइएस ) समुहले एक वित्तप्ति जारी गर्दै यस आक्रमणको जिम्मेवारी लिएका छन् । सो विश्वविद्यालयमा आयोजति इरानी पूस्तक मेलामा सहभागि हुन सरकारी अधिकारीहरु आइपुगेको केहि छिनमै शुरु भएको यो हमला घन्टौं सम्म जारी रहेको थियो ।आक्रमणकारीहरुले अन्य वाइस व्यक्तिलाई घाइते बनाएका छन् । यस घटनालाई लिएर सरकारले मंगलवार राष्ट्रिय शोक दिवस घोषणा गरेको छ । तालिवान लडाकु समुहले यस घटनामा आफ्नो कुनै पनि संलग्नता नभएको जनाउँदै घटनाको घोर आलोचना गरेको छ ।

सो आक्रमण न्यायधिशहरुको दिक्षान्त समारोह र भगौडा सरकारी अधिकारीहरु माथि अनुसन्धान गरिरहेका व्यक्तिहरु माथि लक्षित रहेको बताइउको छ । आइएसले यसअघि पनि शैक्षिक संस्थाहरु माथि लक्षित आक्रमण गर्दै आएको छ । गत महिना मात्र राजधानी कावुल नजिकको एउटा ट्युशन सेन्टरमा गरिएको आक्रमणमा २४ जनाको ज्यान गएको थियो ।