निर्भिक भएर कार्यक्षेत्रमा खटिन सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

0
Shares

पोखरा । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गण्डकी प्रदेशका बिभिन्न इकाइहरुको निरिक्षण गर्नुका साथै कोरोना संक्रमित कर्मचारिहरुलार्इ समेत भेट्नु भएको छ । महानिरीक्षक खनालले नम्बर ४ मुक्तिनाथ बाहिनी पोखरा , नम्बर २३ मनकामना गण तनहुँ , नम्बर २४ कालिका गण पोखरा , हुल तथा दंगा ब्यबस्थापन तालिम शिक्षालय पोखरा तथा गोरखा गुल्म समेतको निरीक्षणको क्रममा उच्च अनुशासन र इमान्दारिताका साथ राज्यले दिएको जिम्मेवारि पुरा गर्न निर्देशन दिनु भयो ।

संगठनको आदेश र निर्देशनको पुर्ण पालना गर्न तथा एक ब्यक्तिको बद्मासिका कारण सिंगो संगठनको बद्नाम हुने कार्य नगर्न समेत निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी कर्मचारीको सन्ततिको गुणस्तरीय शिक्षाकलागि क्षेत्रीय स्तरमा बिद्यालय हरुको स्थापना र कर्मचारीको स्वास्थ्य उपचारका लागि क्षेत्रीय अस्पतालको समेत स्थापना गर्दै लगिएको बताउनु हुंदै उहाँले कार्यक्षेत्रमा उच्च मनोबल र अबिचलित रहि कार्य गर्न समेत निर्देशन दिनुभयो ।

निरीक्षणका क्रममा उहाँले कोरोना संक्रमित कर्मचारी लार्इ समेत भेटेर नआत्तिन र आफ्ना कर्मचारीको स्वास्थ्य उपचारका लागि संगठनले सक्दो कार्य गर्ने समेत बताउनु भयो ।