धौलागिरी अस्पतालमा उपचाररत संक्रमित पुरुषको मृत्यु

0
Shares

बागलुङ ।
धौलागिरी अस्पताल बागलुङमा उपचाररत एक कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ ।
अस्पतालको (सघन उपचार कक्ष) भेन्टिलेटरमा उपचाररत बागलुङ नगरपालिका–३ का ६६ वर्षीय पुरुषको मंगलबार विहान १०ः२० मा निधन भएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।
कोरोना भाइरसको लक्षण देखिएपछि कार्तिक १२ गते अस्पताल भर्ना भएका उनमा कार्तिक १४ गते कोरोना संक्रमण पुष्टी भएको थियो । मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।