दुर्गेसको गाडीले कुकुर मारेपछि प्रहरीमा उजुरी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
गायक दुर्गेस थापाको गाडीले कुकुर मारेपछि उहाँविरुद्ध उजुरी परेको छ ।
बागबजारस्थित आरधना कम्प्लेक्सको पार्किङस्थलबाट बाहिरिने क्रममा गायक थापाको बा१९च ८९३७ नम्बरको हुन्डाई ब्रान्डको क्रेटाले कुकुरलाई ठक्कर दिएको थियो । ठक्कर दिएको कुकुरको दुई घण्टापछि मृत्यु भएको थियो । कुकुरलाई ठक्कर दिएपछि उपचार गर्न छाडेर गाडी लिएर गएका गायक थापाविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा उजुरी परेको छ ।
स्थानीय रामदार गोपाली र प्रितम तण्डुकारले नेपालको कानुनअनुसार कारबाही गर्नुपर्ने माग गर्दै उजुरी दिएका थिए । कुकुर मरेको जानकारी पाएलगत्तै कुकुरको संरक्षण गर्ने संस्था क्याट नेपालले सो विषयमा प्रहरी कार्यालयलाई जानकारी गराएको थियो ।
प्रहरीले बोलाउदा समेत कार्यव्यस्ततको कारण आउन नभ्याएको भन्दै थापाले आलटाल गरेको क्याट नेपालका वरिष्ठ संयोजक शोभाश्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो— राति करिब ८ बजेर कुकुरको उपचार गर्न छाडेर भागेका चालक थापामाथि हदैसम्मको कारबाही गर्नुपर्छ ।’  मान्छेको सबैभन्दा निकटको पशु कुकुरलाई संरक्षण गर्नुपर्ने अवस्थामा भाग्नु कानुन विपरीत भएको बताउनुभयो ।
गायक थापाले पार्किङमा रहेको गाडीको टायरमुनि रहेको गाडीले हर्न बजाउदासमेत कुकुर पछि नहटेपछि झुक्किएर किचिएको बताउनुभयो । तर नेपाल समाचारपत्रलाई प्राप्त सीसीटिभी फुटेजमा पार्किङस्थलबाट केही पर रहेको कुकुरलाई जानिजानी किचेको जस्तो देखिएको छ ।
कुकुरलाई किचेपछि उद्धार गर्नुको साटो गाडी हुइ“क्याएर लगेपछि स्थानीय दुई जनाले वृत्तमा उजुरी दिएका छन् । गायक तथा मोडल थापाले अन्जानमा सो घटना भएको दाबी गर्नुभयो । भन्नुभयो— हर्न बजाउ“दासमेत नदेखेपछि किचेको हुनसक्छ ।’ घटनाको विषयमा जानकारी लिन खोज्दा थापाले भन्नुभयो— कुकुर मरेको भन्ने मलाई जानकारी छैन ।
उजुरी पाएको विषयमा आफूलाई जानकारी भएको बताउनुभयो । भन्नुभयो— महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट फोन आएको थियो, सुटिङको कारण कार्यव्यस्तताले गर्दा आउन नभ्याउने र आज मंगलबार आउने बताएको छु ।
सिंहदरबार वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले उजुरी आएको बताउ“दै सो विषयमा छानबिन हुने बताउनुभयो । के कारबाही हुन्छ? भन्ने प्रश्नमा उहा“को उत्तर थियो— कानुनमा कस्तो व्यवस्था छ, सोहीअनुसार प्रक्रिया अघि बढ्ला ।
क्याट नेपालकी वरिष्ठ संयोजक शोभाश्रीले निर्दोष पशुलाई गाडीले किचेर मार्ने कलाकारमाथि कारबाही हुनुपर्ने धारणा राख्दै भन्नुभयो— यो त पशु अधिकार गम्भीर हननको विषय हो, यस्तो घटना गर्नेमाथि कडा कारबाही हुनैपर्छ ।