नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निध

0
Shares

काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राती घरमा नै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । सुगर डाउन भएर केसीको निधन भएको परिवारले अनुमान लगाएको छ ।

३ बर्षअघि प्रतिनिसभा चुनावताका उनी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपन्च समेत हुन् । ६३ बर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।

उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापार ब्यवसायमा उनी सफल थिए । सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ ।