डब्ल्युएचओ प्रमुख कोरोनाको आशंकामा सेल्फ क्वारेन्टाइनमा


जेनेभा,(एजेन्सी)

विश्व स्वास्थ संगठन ( डब्ल्युएचओ ) का प्रमुख टेड्रोस गेब्रिससले कोभिड १९ संक्रमित एक व्यक्तिको सम्पर्कमा रहन पुगेकाले आइतवार राति देखि आफु सेल्फ क्वारेनटाइनमा बसेको तर अझै पनि आफुमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको जानकारी दिएका छन् । उनले ट्विटर मार्फत भनेको छन् , ‘म ठीकठाक छुं , कुनै पनि लक्षण पनि देखिएको छैनन्,तर डब्ल्युएचओको आचार संहिता पालना गर्दै केहि दिन सेल्फ क्वारेन्टाइनमा बस्दैछुं । मैले घरबाटै आवश्यक कार्य सम्पादन गरिरहने छुं ।’

संयुक्त राष्ट्र संघको स्वास्थ निकाय डब्ल्युएचओको कोभिड १९ महामारी विरुद्धको युद्ध प्रयासमा उनले अग्र मोर्चामा रहेर काम गर्दै आएका छन् । गत वर्षको उत्तरार्ध चीनको हुवेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसको कारण विश्वभरि झण्डै १२ लाख मानसिको ज्यान गइसकेको छ भने ४ करो ६० लाख भन्दा बढि संक्रमित भइसकेका छन् ।

५५ वर्षिय टेड्रोसले सबै व्यक्तिले गम्भीर रुपमा स्वास्थ निर्देशिकाको पालना गरे मात्र कोभिड १९ संक्रमणलाई नियन्त्रण गर्न सकिने पनि बताएका छन् । इथियोपियाका पुर्व स्वास्थ तथा विदेश मन्त्री उनले शुरु देखि नै कोरोना भाइरस रोक्न विश्वका प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट महत्वपूर्ण भुमिका निभाउनुपर्ने कुरामा जोड दिँदै आएका हुन् ।

डब्ल्युएचओले सम्पूर्ण व्यक्तिलाई वारम्वार सावुनपानीले हात धुन , मास्क लगाउन , भौतिक दूरी कायम राख्न , स्यानिटाइजर प्रयोग गर्न तथा अन्य स्वस्थ रहने उपायहरु अपनाउन अपिल गर्दै आएको छ । युरोपमा अहिले दोश्रो चरणको संक्रमण फैलिरहेकाले थुप्रै मुलुकले राष्ट्रव्यापि लकडाउन लागु गरिसकेका छन् ।