विमानमा सहयात्री महिलामाथि पिसाब फेर्ने पक्राउ


रालेह,(एजेन्सी)

अमेरिकी प्रहरीले यसै महिनाको शरुमा डेल्टा एयरलाइनको उडानमा आफ्ना सहयात्री माथि पिसाव फेरेको आरोपमा लगाइएका रालेह निवासी एक पास्टरलाई पहिचान गरेको छ । प्रहरीले गत १३ अक्टोवरमा विमान अवतरण भएपछि डेट्रोइट मेट्रो विमानस्थलमा ड्यानिय चाल्मर्स नामक ति अभियुक्तलाई पक्राउ गरिएको पुष्टि गरेको छ ।

विन्स्टन – सलेम जर्नलका अनुसार एलिसिया बेभर्ली नामक महिला यात्रुले बिहान करिव २ बजेर ४५ मिनेट जाँदा अचानक निन्द्राम खुल्दा ति अपरिचित पुरुषले मज्जाले आफ्नो शरिरमा पिसाब फेरिरहेको बताएकीछन् । उनलाई के गरेको भनी सोधिँदा उनले आफुलाई बाथरुममा छुं जस्तो लागेर उनी माथि पिसाब फेरेको गैर जिम्मेवारीपूर्ण जवाफ दिएका थिए ।

पिडित महिलाले आफुमाथि भएके दुव्र्यवहारबारे विमानमा सैलाई सुचित गरेपछि विमान अवतरण हुना साथ चाल्मर्सलाई प्रहरीले हिरासतमा लिएको थियो । शुरुमा उनले आफु पास्टर भएकाले आाफुबाट त्यस्ते अनैतिक कार्य हुनै नसकने भन्दै आफु माथि लगाइएको आरोप अस्विकार गरेका थिए । उनको पिसाबबाट पिडितको लुगा र सिट भिजेको अवस्थामा भेटिएको थियो । उनी रालेह स्थित लव विन्स मिनिस्ट्रजका प्रमुख पास्टर हुन् ।

साथै उनी क्याच दि फायर रालेह –डह्र्याम चर्चका सदस्य पनि हुन् । प्रहरीले उनको कट्टु भिजेको र रक्सीले मात्तिएका उनका आँखा राता भएको तथा उनले आफु मानसिक उपचार क्रममा रहेको बताएको जनाएको छ । फोक्स न्युजले कल साइन ८७४ बोकेको डेल्टा उडानमा रहेको सो विमान लस भेगासबाट डट्रोइट आइपुगेको जनाएको छ । संघिय जाँचबुझ ब्युरो ( एफबिआइ ) ले छानविन गरिसकेकपछि उनलाई सामान्य दुर्व्यवहारको आरेप लगाउँदै छाडेको बुझिएको छ ।