अविवाहित र एकल पुरुषलाई मासिक भत्ता

0
Shares

दिलकुमार लिम्बुु, ताप्लजुङ

झट्ट सुन्दा अनौठो लाग्न सक्छ । अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? तर, ताप्लेजुङका स्थानीय तह फुङलिङ नगरपालिकाले विगत २ वर्षदेखि अविवाहित र एकल पुरुषलाई भत्ता दिँदै आएको छ ।फुङ्लिङ नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई १ हजारका दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिँदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताउनुभयो ।

६० वर्ष पूूरा भएका ७० वर्ष नकाटेका एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेको कथन छ । ६० वर्ष पूूरा भएको अविवाहित पुरुषलाई पनि एकल पुरष सो सरह मानेर १ हजारका दरले सामाजिक सुरुक्षा भत्ता दिँदै आएको प्रवक्ता न्यौपाने बताउनुहुुन्छ ।

विगतदेखि नै एकल महिलालाई नेपाल सरकारले नै सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । एकल पुरुषको पनि जीविकोपार्जनमा ठूूलो समस्या रहेकाले उनीहरुको जीवन निर्वाह गर्न सहयोग पुग्ने उद्देश्यले एकल पुरुष र अविवाहितलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको फुङलिङ नगरपालिका–९ का वडाध्यक्ष तारा बरालले जानकारी दिनुभयो ।

नगरपालिकाबाट मासिक भत्ता पाउन थालेयता छोराबुहारीको घरमा गएर घर खर्चका लागि आवश्यक पैसा मागिरहनुु नपरेको फुङ्लिङ नगरपालिका–२ का एकल पुरष दत्तबहादुर लिम्बुु बतानुहुुन्छ । फुङ्लिङ नगरपालिका–८ का एकल पुरुष शेरबहादुर सुनुवारले गतबिहीबार ४ महिनाको ४ हजार एकल पुरुष सामाजिक सुरक्षा भत्ता लक्ष्मी बैंकबाट निकाल्नुभयो ।

अब त्यही पैसाले तिहार मनाउने सोचमा रहेको सुनुवारले बताउनुभयो । अहिले नगरपालिकाले एकल पुरुषलाई पानि सामाजिक सुरक्षा भत्ता दिएपछि चाडपर्व मानाउन समस्या नभएको सुनुवारको कथन छ ।