छ वटा स्थानीय तहमा मात्रै बैंक पुग्न बाँकी


नेपाल समाचारपत्र, काठमाडौं
अब छ वटा स्थानीय तहमा मात्रै बैंकिङ पहुँच पुग्न बाँकी रहेको छ । देशभरका ७५३ स्थानीय तहमध्ये भदौसम्म ७४७ तहमा वाणिज्य बैंकहरुका शाखा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छन् । २०७६ भदौसम्म ७३९ स्थानीय तहमा मात्रै वाणिज्य बैंकहरुको शाखा पुगेका थिए । यस अवधिमा जम्मा आठ वटा स्थानीय तहमा मात्रै बैंकको पहुँच विस्तार भएको हो ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार प्रदेश नम्बर १ अन्र्तगत रहेका १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । प्रदेश नम्बर २ अन्र्तगत रहेका १३६ स्थानीय तहमध्ये १३६ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । बाग्मती प्रदेशअन्र्तगत रहेका ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । गण्डकी प्रदेशअन्र्तगत रहेका ८५ स्थानीय तहमध्ये ८५वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । त्यसैगरी लुम्बिनी प्रदेशअन्र्तगत रहेका १०९ स्थानीय तहमध्ये १०९ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । कर्णाली प्रदेशअन्र्तगत रहेका ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ र कर्णाली प्रदेशअन्र्तगत रहेका ८८ स्थानीय तहमध्ये ८६ स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या भदौमसान्तमा १४९ कायम भएको छ । यसअनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ८१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या असार मसान्तमा ९७६५ रहेकोमा भदौ मसान्तमा ९८५१ पुगेको बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् भदौ मसान्तसम्म कुल २०७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १५७ संस्थाको इजाजत खारेज हुन गई ५० संस्था कायम भएका छन् ।