हिमाल खुले पनि खुलेनन् पर्यटकीय क्षेत्र

0
Shares

विजय नेपाली, पोखरा
यति बेला पोखराका कुनै पनि क्षेत्रबाट अन्नपूूर्ण हिमशृङ्खलाको मनमोहक दृश्य पूूर्णरूपमा हेर्न सकिन्छ । तर, विगित ८ महिनादेखि भने पर्यटकीय क्षेत्र सुनसान देखिएको छ ।
यो वर्ष भने सिजन शुरू हुँदासमेत पोखराको पर्यटन क्षेत्र भने शूून्य छ । विश्व माहामारीका रूपमा फैलिएको कोरोना भाइरसले पोखराको पर्यटन क्षेत्रमा नराम्ररी असर पुगेको छ । वर्षेनि हाजारौं पर्यटक आउने पोखरा अहिले सुनसान भएको छ । आन्तरिक पर्यटकको समेत चहलपहल छैन । नेपाल सरकारले चैत महिनाबाट लकडाउन गरेपश्चात् अझै पनि पर्यटकीय क्षेत्र भने पूूर्णरूपमा खुुलेको छैन । ‘अहिले कोरोनाको त्रासले पर्यटक आउन डराएको अवस्था छ ।’ पर्यटन व्यसायी राम गुरुङले भन्नुभयो । सिजन शुरू हुँदासमेत पर्यटनको आगमन भने नरहेको र सामान्यरूपमा आन्तरिक पर्यटन आउने क्रम देखिएको गुरुङको भनाइ छ । कोरोनाले पर्यटन क्षेत्रमा निकै असर पारेकाले पोखरा मात्र नभएर गण्डकी प्रदेशको अर्थतन्त्रमै प्रभाव पारेको उहाँले बताउनुभयो ।
दशैं–तिहारको समय पोखरा घुम्ने समय हो । पर्यटकीय राजधानी पोखरामा हरेक वर्षको दशैं–तिहारमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन निकै हुने गथ्र्यो । मौसम सफा हुने र बादल कम लाग्ने हुँदा यो समयमा पोखराको स्वरूप नै फेरिएको देख्न पाइन्छ । पोखरा प्रवेश गरेपश्चात् जहाँबाट पनि हिमाललाई पृष्ठभूूमि बनाउँदै फोटो खिच्न सकिन्छ ।