पश्चिमा नागरिक पैगम्बर र इस्लामप्रति मुसलमानको भावना बुझ्दैनन्ः इमरान

0
Shares

इस्लामाबाद, (एजेन्सी)
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अभिव्यक्ति स्वतन्त्रताको एक सीमा हुने र यसको अर्थ अरूको भावनालाई चोट पु¥याउनु कुनै पनि हालतमा नभएको बताएका छन्।
‘इस्लाम मान्नेका लागि पैगम्बर मोहम्मदलाई लिएर जुन भावना छ त्यसका बारेमा पश्चिमी देशका नागरिकलाई कुनै जानकारी छैन– इमरान खानले बताए।’ यसलाई मुसलमान बहुल देशका नेताको असफलता भएको बताउँदै विश्वभरि इस्लामको विरोध ( इस्लामफोबिया)को मुद्दामा चर्चा गर्ने जिम्मेवारी उनीहरूको भएको इमरानले बताए। आवश्यक परेमा आफूले अन्तर्राष्ट्रियस्तरमा यो मुद्दा उठाउने उनले बताए।
कुनै देशको आवादीमा अल्पसंंख्यक हिस्सा रहेका मुसलमान इस्लामफोबियाका कारण सबैभन्दा प्रभावित भएको उनले उल्लेख गरे। इमरान खानले भने– ‘पश्चिमा देशले इस्लाम, पैगम्बर र मुसलमानको सम्बन्धलाई बुझ्दैन। उनीहरूसँग त्यो किताब छैन, जुन हामीसँग छ। त्यसैले, उनीहरू यसलाई बुझ्न सक्दैनन्। पश्चिमा देश मुसलमान अभिव्यक्ति स्वतन्त्रताविरुद्ध छ र संकीर्ण मानसिकता भएकोे ठान्छन्।’ यसको विरोधमा अभियान नै चलाइएको उनले बताए।
‘सार्ली हेब्डोजस्ता घटनाका पछाडि त्यस्ता व्यक्ति छन्, जसले मुलमानलाई खराब देखाउन चाहन्छन्– इमरानले बताए।’