विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीहरुलाई यथासक्य तलब उपलब्ध गराउन प्याब्सनको आव्हान

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

निीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले दशै तथा तिहारको समयमा आफ्नो विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीहरुलाई यथासक्य तलब उपलब्ध गराउन सबै सदस्य विद्यालयहरुलाई आह्वान गरेको छ । अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेद्वारा हस्ताक्षरित एक बिज्ञप्ति मार्फत् मंगलबार सो आव्हान गरिएको हो ।

“अवस्था जे–जस्तो भएता पनि केहि महिनापूर्व नै २०७६ साल चैत्र महिना सम्मको तलब एकमुष्ट रुपमा भूक्तानी गर्न र २०७७ बैशाख देखि आम्दानीको अनुपातमा तलब उपलब्ध गराउन सम्पूर्ण सदस्य विद्यालयहरुलाई लिखित निर्देशन गरिसकिएको अवगत गराउन चाहन्छौं ।”बिज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् बिज्ञप्ति…

Bigyapti 2077.7.4 Final