नेपाली काँग्रेस विपी पार्टीको नेतृत्व चयन

0
Shares

यमलाल भुसाल, बुटवल  ।

नेपाली काँग्रेस विपी रुपन्देही गठन भएको छ । जेएन घिमिरे (जगनाथ)को सभापतित्वमा नेपाली काँग्रेस विपी रुपन्देही गठन भएको हो । जसको उपसभापतित्वमा गिरिराज पाण्डे, सचिव अमृत प्रसाद शर्मा चयन हुनु भएको छ ।

त्यसैगरि समितिको सदस्यमा डोल राज भुसाल, शालिक राम पाण्डे, दीन प्रसाद पाण्डे, वीर बहादुर दर्लामी, रामनारायण यादव र गोपाल प्रसाद भण्डारी चयन हुनु भएको नेपाली काँग्रेस विपीका महामन्त्री पुष्प पराजुलीले बताउनु भयो ।

विशेष गरि भ्रष्टाचार र राष्ट्रियताको सवालमा सत्ता पक्ष र प्रतिपक्षले केही पनि गर्न नसकेको र त्यस्को विरोधमा आवज बुलन्द गर्न नेपाली काँग्रेस विपीलाई सक्रिय बनाउने लक्ष्य सहित अगाडी बढेको महामन्त्री पराजुलीले बताउनु भयो ।

त्यस्तै पार्टीले मुलुकका पूर्व प्रधानमन्त्री र बहालवाला प्रधानमन्त्रीका आयोग गठन गरि सम्पती छानविन गर्नु पर्ने स्रोत्त नखुलेको सम्पती राष्ट्रियकरण गर्नु पर्ने र विश्वमा माहामारीका रुपमा देखापरेको काभिड १९ को केन्द्रिय ,प्रदेश र स्थानिय तहले गरेको आम्दानी र खर्चका विवरण सार्वजनिक गर्न माग गरेको छ ।

पार्टीले निर्मला र सम्झनाका हत्यारालाई ततकाल कारवाही गर्नु पर्ने, ३३ किलो सुन काण्ड, ललिता निवार्ष जग्गा प्रकरण, वाईडवोडी काण्ड, वालुवाटार जग्गा काण्ड , एनसेल काण्डका दोषिलाई कारवाही गर्नु पर्ने लगाएतका माग राखी आन्दोलित भएको पनि जनाएको छ । पार्टीले सनातन हिन्दु राष्ट्र घोषणालाई पनि प्राथमिकताका साथ अगाडी बढाउने जनाएको छ ।