पाटन कोरोनाको हटस्पट बन्दै

0
Shares

बैतडी, (नेस)

पाटन नगरपालिका कोरोनाको हटस्पट बन्दै गएको छ । नगरपालिकामा हालसम्म ७२ जनामा संक्रमण पुष्टि भएको छन् ।

जसमध्ये अझै २३ जना सक्रिय संक्रमित रहेका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो । पाटनमा रहेका सक्रिय संक्रमितहरुमध्ये ४ जना कर्मचारी र २ जना जनप्रतिनिधि रहेका उहाँ बताउनुहुन्छ ।

गएको असोज २३ गतेयता पाटनमा २१ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै नगरपालिकाले हाल नगरक्षेत्र सिलसमेत गरिसक्यो । सोमबारसम्मका लागि नगरक्षेत्र सिल गरिएको छ ।

पाटन नगरपालिकामा कर्मचारी, जनप्रतिनिधिमा समेत कोरोना देखिएपछि नगरक्षेत्र सिल गर्ने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयो ।