सिद्धार्थ बचत तथा रिण सहकारीले दियो मृतक परिवारलाई पाँच लाख

126
Shares

भूपराज बस्याल, स्याङ्जा

 सिद्धार्थ बचत तथा रिण सहकारी सस्था लिमिटेडलेले मृतक परिवारलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।सस्थाको दशै साधारणसभा तथा अधिबेशनको अवसर पारेर साउन १२ गते पहिरोमा परि निधन हुनुभएका आफ्ना सेयर सदस्य स्वर्गीय दिनेश प्रसाद अर्यालको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको सस्थाका उपाध्यक्ष पुर्ण बहादुर रानाभाट (अर्जुन)ले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको सस्थाले सेयर सदस्यको घरमा कोहि मृत्यु भएमा क्रिया खर्च बापत रु पच्चीस हजार एक सय समेत उपलब्ध गराउदै आएको पनि उहाँले जानकारी दिनुभयो ।

सस्थाका अध्यक्ष ऋषिराम अर्यालको सभापतित्वमा सम्पन्न अधिबेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । रम्भा गाउँ पालिका एकका अध्यक्ष तथा रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको संचालन युवराज पौडेलले गर्नुभएको थियो । पुर्ण बहादुर रानाभाट (अर्जुन) को स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा खेमराज अर्यालले लेखाको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने बिकास रानाभाटले रिण र लगानी सम्बन्धि प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कोरोना भाइरलको संक्रमण फैलिन नदिन जुम प्रबिधिबाट गरिएको उक्त अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ जसको अध्यक्ष ऋषिराम अर्याल, उपाध्यक्ष पुर्ण बहादुर रानाभाट (अर्जुन) , सचीव हेमराज अर्याल, कोषाध्यक्ष कुबिजा बस्याल र सदस्यहरु बिकास रानाभाट, दयाराज अर्याल र शान्ता कंडेल रहनु भएको छ । त्यस्तै लेखा संयोजकमा खेम प्रसाद अर्याल र सदस्यहरुमा कृष्ण प्रसाद अर्याल र रजिता गैरे रहनु भएको छ । सस्थाको संरक्षकमा कृष्ण प्रसाद रेग्मी चयन हुनुभएको छ ।