गाउँपालिका अध्यक्ष कुटपिट आरोपमा दुई पक्राउ

0
Shares

बैतडी, (नेस)
बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्नया गाउँपालिका–५ का अर्जुन मडै र भरत मडै रहेका छन् ।

दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

गएको असोज २८ गते साँझ सुर्नया गाउँपालिकाको केन्द्रका विषयमा विवाद भएपछि गाउँपालिका अध्यक्ष विष्टमाथि आक्रमण भएको थियो ।

सो झडपमा ५ जना प्रहरी, ३ जना अध्यक्षसँग रहेका व्यक्ति र ६ जना संघर्षरत पक्षका गरी १४ जना घाइते भएका थिए । घाइते अध्यक्ष विष्टको धनगढीमा उपचार भइरहेको छ ।

सुर्नया गाउँपालिकाको केन्द्र पविता राख्ने गाउँकार्यपालिकाको निर्णयविरुद्ध आन्दोलित भएका स्थानीयले कुटपीट गरेका थिए ।
सुर्नया गाउँपालिकाले गत वर्ष नै गाउँपालिकाको केन्द्र पवितामा राख्ने निर्णय गरेको थियो । सो निर्णयका विरुद्ध स्थानीयले सर्वोच्चमा मुद्दा दायर गरेका छन् । अहिले सो मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।