बेल्ट्रा होम एप्लाइन्सेसको सोरुममा आगलागी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

काठमाडौंको बसुन्धरा चौकी नजिकै कान्तिपुर डेन्टल कलेज अगाडि रहेको बेल्ट्रा होम एप्लाइन्सेसको शोरुममा आगलागी भएको छ । आगलागीबाट शोरुम रहेका होम एप्लाइन्सेसका सम्पुर्ण सामाग्री जलेर नष्ट भएका छन् ।

आगलागी गएको सोमबार भएको थियो । गोरखाका अमृत थापाले सञ्चालन गरेको पसलको सबै सामान जलेपछि उहाको व्याबसाय ठप्प छ । बैक र सहकारीबाट ऋण लिएर बल्ल तल्ल पसल सञ्चालन गरेका थापाले दशैको मुखमा आफ्नो कमाइखाने पसल जलेपछि दशै मान्नै समस्या रहेको बताउनुभयो ।

भन्नुभयो–‘लक डाउनले थला पारेपछि भाडा महंगो भएकोले गोदाम छाडेर पसलमै सबै सामान राखे, जलेर नष्ट भयो । अब बैक र सहकारीको ऋण कसरी तिर्ने भन्ने चिन्तामा छु ।

उहाँले ऋण लिएर पसल सजावट गर्न करिब १५ लाख रुपिया लागेको बताउनुभयो । समान त करिब २० लाख जतिको थियो,सबै जलेर नष्ट भयो–उहाको भनाई थियो ।

उहाँका अनुसार सो रुममा सोलार प्यानल, चिम्नी, हिटर,इलेक्ट्रोनिक फिल्टर लगायतका सामाग्री जलेर नष्ट भएको छ । मध्यराती दुई बजेदेखि विद्युत सर्ट भएर आगलागी भएको थियो ।

आगलागीको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौं महानगरपालिकाको दमकल, प्रहरी, सर्बसाधारणको प्रयासमा आगलागी नियन्त्रण भएको थियो ।

ऋण तिर्न नसकेपछि गोदाम छाडेर पसलमै सामान राखे अहिले सबै जलेर नष्ट भयो –जलेको पसल देखाउदै थापाले भन्नुभयो ।

अब ऋण तिरेर फेरी पसल सञ्चालन गर्न आफुलाई वर्षौ लाग्ने बताउदै उहाले भन्नुभयो–खै यस्तै पसल खोल्न सक्छु कि सक्दिन ।