यातायात मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ । स्वकीय सचिवलाई लक्षण देखिएपछि यसअघि मन्त्री नेम्वाङकाे पनि स्वाब परीक्षण गरिएको थियो ।

सोमबार मन्त्री नेम्वाङको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । हाल उनी मन्त्रालयकै क्वार्टरमा आईसोलेसनमा छन् । सामान्य ज्वरो र खोकी लागेको बताईएको छ । उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन्।