नेपालमा हालसम्म ९४ हजार ५०१ जना कोरोना संक्रमणमुक्त : ७५७ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना महामारीबाट संक्रमणमुक्त हुनेहरुको संख्या ९४ हजार ५०१ जना पुगेको छ । हालसम्म १ लाख ३६ हजार ३६ जना कूल कोरोना संक्रमितहरु मध्ये उक्त संख्यामा कोरोना संक्रमित निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको जनाईएको छ ।

यस्तै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५७ जना रहेको पनि मन्त्रालयले जनाएको छ । आईतबार देशभर थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने आज मात्र १८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।