आज देशभर थप ३ हजार ७ सय ९० जनामा कोेरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौं उपत्यकामा भने २ हजार ३८८ जनाका कोरोना संक्रमित थपिएका छन् । यस्तै आज २ हजार ३३५ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९४ हजार ५०१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ। आज १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।