भाँडाकुटीमा बेनिशा र मुकुन



कोरोना महामारीका कारण यसपालिको दशैं फिल्मरहित हुने भएको छ। तर पनि धमाधम फिल्म निर्माण हुन थालेका छन्।
कोरोनाका कारण फिल्म दशैंका लागि हल नखुले पनि फिल्म निर्माण गर्ने क्रममा घटस्थापनाको दिन पारेर शनिबार नयाँ फिल्म घोषणा गरिएको छ। दृश्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म भाँडाकुटीको शनिबार राजधानीमा एक समारोहबीच औपचारिक घोषणा गरिएको हो। नायिका बेनिशा हमाल, अभिनेता मुकुन भुसाललगायतको अभिनय रहने फिल्म भाँडाकुटी आगामी फाल्गुनमा बुटवल आसपासका स्थानमा छायांकन गरिने निर्माण समूहले जानकारी गराएको छ। सामाजिक कथामा निर्माण हुने फिल्म किरण विकले निर्देशन गर्नेछन्। किरण विककै कथामा कलम खड्काले फिल्म निर्माण गर्न लागेका हुन्। फिल्ममा ओस्कार फिल्म कलेज पास आउट भएका युुवा संलग्न छन्।
२०७८ साल लक्षित गरेर प्रदर्शन टार्गेट गरेको फिल्ममा निशल पौडेलले छायांकन, भीम विकको सम्पादन र राजकुमार दर्जीको कोरियोग्राफी रहनेछ भने गोपाल आचार्य एसोसियट डाइरेक्टर रहनेछन्। झन्डै १ करोड लगानीमा नयाँ टिमले समाजको कथालाई नयाँ ज्ञानसहित पूूरा अनुभवका साथमा राम्रो फिल्म बनाउने आशा निर्देशक किरणले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्