भिडियोसँगै गीत



गीतकार जनक रावलको नयाँ गीत भुल्यौं कि मायाले म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। एलिना चौहान र रूपका डोटेलको स्वर तथा किरण माइकल घिमिरेको संगीत रहेको लोक शैलीको गीतको म्युजिक भिडियो यादव पुडासैनीको निर्देशनमा तयार भएको छ।

भिडियोले बेहुला–बेहुली र राजा–रानीको कथा बोकेको छ। गीत गीतकार रावलको निश्चल प्योरनेस अफ हर्ट द म्युजिक एल्बममा संगृहित छ। गीतकार रावलले निश्चल एल्बमको म माया लाउँदिन बोलको गीत सार्वजनिक गरेको केही दिनमा सोही एल्बमको अर्को गीत भुल्यौ कि मायाले सार्वजनिक गरेका हुन्।

गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल र निकिशा लाई प्रस्तुत गरिएको छ भने तिनै बाल बालिकाको युवा अवस्थाको प्रस्तुतिमा रमेशचन्द्र सोडारी र रोली तामाङलाई फिचरिङ गरिएको छ।

नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियसन गीतकार स्वयंको रहेको छ। भिडियोमा सुरेश बज्राचार्यको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्