पर्वतमा कोरोना संक्रमितको मृत्यु


न्युज अफ नेपाल, पर्वत ।

पर्वत जिल्लामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पर्वतको कुस्मा नगरपालिका वडा नं ५ मा होमआइसोलेसनमा रहेकी ४८ बर्षिया महिलाको आइतबार साँझ मृत्यु भएको हो ।

उपचारका लागि पोखरा स्थित मेट्रोसिटी अस्पतालमा पुगेकी ती महिलालाई असोज ३० गते कोरोना पुष्टि भएको थियो । अस्पतालले होमआइसोलेसनमा राख्न आइतबार बिहान मात्रै घर पठाएको बुझिएको छ । मृतकको शब ब्यबस्थापनका लागि सोमबार बिहान ७ बजे डिसीसिएमसीको बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ ।

अस्पतालमा गम्भीर अबस्थामा रहेकी संक्रमित महिलालाई होम आइसोलेसनमा पठाइएका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । मृत्युको आधिकारीक रुपमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले भने जानकारी गराइसकेको छैन ।