कोरोना भाइरस चानचुने भाइरस होइन,कम नआँकौं : ललितपुर महानगर प्रमुख महर्जन

0
Shares

न्युज अफ नेपाल,ललितपर ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोना भाइरस अन्य भाइरस जस्तो नभएको बताउँदै यसलाई कम नआक्न आग्रह गरेका छन् । आइतबार जारी विज्ञप्ति जारी गर्दै उनले भनेका छन् , ‘कोरोना भाइरस अन्य भाइरस जस्तो चानचुने भाइरस होइन रहेछ ।’

नगरप्रमुख महर्जनले घरभित्रै बास्दा वा घरबाहिर निस्क्दा लापरबाही नगर्न सम्पूर्णमा अनुरोध गरेका छन् । चिकित्सकहरुले भने बमोजिम भौतिक दुरी कायम गर्न , मास्क लगाउन, साबुनपानीले हात धुन र स्यानिटाइजर प्रयोग गर्न सुझाव दिएका छन् ।

स्वास्थ्य सतर्कता अपनाउँदैे हाम्रा संस्कृति, चाडपर्व, जात्रालगायत विभिन्न परम्परालाई निरन्तरता दिनु अहिलेको आवश्यकता भएको प्रमुखद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ , ‘ यस वर्षको दसैं जो जहाँ हुनुहुन्छ त्यही बसी आफ्नो परिवारमा मात्रै सिमित भएर मनाउन अनुरोध गर्दछु ।

दसैंको किनमेलको नाममा अनावश्यक भीडभाड नगर्न समेत नगरवासीमा अनुरोध गरेका छन् । दसैंका बेला मनाइने जात्राहरु धार्मिक विधि पुरा गरी जमघट नभई सम्पन्न गर्न समेत ध्यानाकर्षण गराएका छन् । कोरोनालाई परास्त गर्ने शक्ति मिलोस् भन्दै नगरप्रमुख महर्जनले दसैंको शुभकामना दिएका छन् ।