पाँच दिनका लागि केदारस्युँ गाउँपालिकाको सम्पूर्ण सेवा बन्द


मानबहादुर बोहरा, बझाङ ।

बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाले पाँच दिनको लागी आफूले दिने सम्पूर्ण सेवा बन्द गर्ने भएको छ ।

कोरोना भाइरस समुदाय स्तरमा फैलीन थालेपछि कार्तिक २ गते देखि ७ गते सम्मको लागी गाउँपालिकाले दिने सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर भण्डारीले बताए ।

यसैबीच, पालिका भित्रै एक वडा बाट अर्को वडामा समेत आवतजावत गर्न निषेध गरेको छ । यस अघि असोज ३० गते देखिनै एक हप्ताको लागि केदारस्युँ गाउँपालिकाको केन्द्र देउरामा नै रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्र शील गरिएको थियो ।

स्वास्थ्य केन्द्रमा कार्यरत्त दुईजना स्वास्थ्यकर्मीमा समेत शुक्रबार कोरोना संक्रमण देखिएपछि केदारस्युँमा पुनः कडाइ गरिएको हो ।