काठमाडाैँ ।
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य एवं प्रजातन्त्र सेनानी नारायणप्रसाद आङ्दम्वेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रजातन्त्र सेनानी आङ्दम्वेको आज बिहान इलामको फाल्गुनन्द गाउँपालिका– १ स्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले शोक वक्तव्यमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।
स्व आङ्दम्वेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका श्रीमती, पाँच छोरा र एक छोरी हुनुहुन्छ ।
प्रतिक्रिया