गाउँपालिका अध्यक्षलाई कुटपिट

0
Shares

बैतडी ।
नेपाली काँग्रेसले पार्टीको जिल्ला कार्यसमिति, बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिटको घटनामा सम्लग्न व्यक्तिको तत्काल खोजी गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।
काँग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज वक्तव्यमार्फत अध्यक्ष विष्टलाई निर्घात रुपले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाको दुई दिन बितिसक्दा पनि कुनै कारवाही नगरेको भन्दै दुःख व्यक्त गरेको छ ।

गाउँपालिका मुकामको सामान्य विषयलाई लिएर जनप्रतिनिधिमाथिको आक्रमणमा सम्लग्न व्यक्तिको तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कारवाही गर्न काँग्रेसले सरकारसँग माग गरेको छ ।