सरकारी कार्यालयमा हात धुने मेसिन


मुगु, (नेस)
महामारीका रूपमा फैलिँदै गएको कोभिड–१९ बाट बच्न र बचाउनका लागि मुगुका सरकारी कार्यालयमा सम्पर्करहित हात धुने मेसिन सञ्चालनमा आएका छन् ।
जिल्लामा सबैभन्दा बढी मानिसको भीडभाड हुने स्थान जिल्ला प्रशासन कार्यालय मुगु, छायाँनाथ रारा नगरपालिका, जिल्ला अस्पताल ठिनी मुगुमा र जुम्ला जिल्लाको कनका सुन्दरी गाउँपालिका, पाण्ड गुफा स्वास्थ्य चौकी, हाजसिन्जाको मुन्जाउमा रहेको आइसोलेसनमा गरी ६ स्थानमा मानिसको हात प्रयोग नगरी खुट्टाको सहायतामा अर्थात् सम्पर्करहित हात धुने मेसिन सञ्चालनमा आएको हिरसिडेम मुगुले जनाएको छ ।
पछिल्लो समयमा नेपालका विभिन्न भागमा कोरोना महामारी दिन प्रतिदिन बढ्दै गएकाले मुगु र जुम्लाका केही स्थानीय तहमा धुने मेसिन राखिएको छ । यो मेसिनसँगै सेनिटाइजर, सेम्फु, हात धुने साबुन रहेको छ ।
युनिसेफको आर्थिक सहयोग र हिरिसडेक मुगुको पहलमा कोभिड–१९ पूर्वप्रतिकार्य परियोजना खानेपानी तथा सरसफाइअन्तर्गत हातधुने मेसिन राखिएको हिरिसडेक मुगुका कार्यकारी निर्देशक मीनबहादुर रावलले बताउनुभयो । प्रतिमेसिनको ३५ हजारसम्म मूल्य परेको उहाँको भनाश्इ छ ।