बैकिङ कसुरका अभियुक्त पक्राउ


काठमाडौ (नेस) । बैकिङ कसुर मुद्धामा फरार रहेका धादिङ जीवनपुरका पन्चम अकौलियालाई केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । मनोजप्रसाद साहको जाहेरीले बैकिङ कसुर मुद्धामा उच्च अदालत पाटनले दश दिन कैद र १७ लाख रुपिया जरिवाना गरेको फरार भएका थिए ।
अकौलियालाई चितवनको भरतपुरमा लुकी छिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । अदालतले उनलाई कैद भुक्तानकालागि जिल्ला कारागार चितवन पठाएको छ । अकौलियाले मनोजप्रसाद साहसंग लिएको रकम फिर्ता गर्न आनाकानी गरेपछि साहले अकौलियासंग १७ लाखको चेक लिएका थिए ।