शास्त्रीय संगीतकर्मी इन्दिरा श्रेष्ठको निधन



मो समयदेखि नेपाली शास्त्रीय संगीत क्षेत्रको उत्थानमा अतुलनीय योगदान पु¥याउँदै आएकी शास्त्रीय संगीतकर्मी इन्दिरा श्रेष्ठको मंगलबार बिहान निधन भएको छ।
संगीतका विभिन्न विधाको विकासका लागि सघाउँदै आएको कलानिधि इन्दिरा संगीत महाविद्यालयकी संरक्षक एवं अध्यक्ष रहेकी श्रेष्ठको ८१ वर्षको उमेरमा निधन भएको हो। उनी लामो समयदेखि दम, मुटु तथा अल्जाइमरसँग जुध्दै आएकी थिइन्। नेपाल महिला संगठनको केन्द्रीय सभापतिसमेत रहेकी उनले शास्त्रीय संगीतमा एमम्युज (मास्टर अफ म्युजिक) गरेकी थिइन्। २०४६ सालदेखि शास्त्रीय संगीत क्षेत्रमा अनवरत लागि परेकी उनले संगीत प्रवद्र्धनका लागि निजी घरसमेत चन्दामा दिएकी थिइन्।


नेपालकै पहिलो शास्त्रीय संगीत महाविद्यालयका रूपमा परिचित कलानिधि इन्दिरा संगीत महाविद्यालयकी संरक्षक उनी शास्त्रीय गायन, पुस्तक लेखन तथा समाजसेवामा पनि समर्पित थिइन्। संगीतको सेवा गरेबापत विभिन्न मानपदवी र सम्मान विभूषित तथा सम्मानित उनले शास्त्रीय संगीत विधासम्बद्ध अनेकन पुरस्कारको पनि स्थापना गरेकी थिइन्। उनको एक छोरा र दुई छोरी छन्।
उनको मंग्लबार नै पशुपति आर्यघाटमा अन्त्योष्टि गरिएको छ। अन्त्येष्टिअघि संगीतकर्मीहरूले उनीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्