गिट्टी कुटेर नातीनुतीना पढाउँदै ७५ बर्षीया हाँसु देबी कठायत

0
Shares

ललित सिंह, चैनपुर,बझाङ  ।
जिल्लाको मस्टा गाउँपालिका वडानं ५ घरभएकी ७५ बर्षकी हाँसुदेबी कठायत सदरमुखकाम चैनपुरमा गिट्टी कुटेर नातीनुतीनाहरुलाई पढाउँदै आएकी छन् । बिगत ५ बर्ष देखि सदरमुखकामको भोपुरमा बस्दै आएकी उनी गिट्टी कुटेर बिक्रि गदै नातीनुतिनाको पढाई साथै घरखर्च चलाउँदै आएकी बताईन् ।

गाउँमा बसेर नातीनुतीनाहरुको पढाई सुधार नभए पनि उनी ५ वटा नातीनुतीना साथमा लिएर सदरमुखकाम आएकी थिईन् । सरकारवाट पाउँने बृद्धाभत्ताको आधार साथै डेरामा बसेर गिट्टी कुटेको पैसाले उनको जिबीकोपार्जन भैरहेको छ ।

छोराबुहारी घरमा खेतीकृसानीको काम गर्छन् भने हाँसु देबी बोहरा डेरामा बसेर नातीनुतीनाहरुको हेरचाह साथै पढाई खर्चको जोहो गदै छन् । तीन नाती दुई नातीनी संगै बस्दै आएकी हाँसुको नातीनातीनीहरुलाई पढाएर ठूलो मान्छे बनाउने लक्ष्य रहेको छ ।

“घरमा खानलाई पनि समस्या छ,खर्चपानी पनि केहि छैन भोपुरमा गिट्टी कुट्दै भेटीएकी हाँसु देबी बोहराले भनिन्” अहिले कोरोनाका कारण केटाकेटीको स्कुल बन्द भएको हुँदा पढाई सुचारु नभए पनि उनले अन्य खर्च जुटाउन समस्या भएको समेत बताईन् ।

पहिलेको बुहारीको मृत्यु भैसकेको र अहिले छोराले अर्को बुहारी ल्याएको हुँदा छोराबुहारी घरमै रहेका र आफु केटाकेटी लिएर सदरमुखकाम आएकी बताईन् । घरमा छोरा बुहारीको आम्दानी पनि केहि नभएकाले उनीहरुलाई समेत आफुले खर्च दिनु परेको दुखेसो राखिन् ।

हाँसुका तिनवटा नाती र दुईवटा नातीनी स्थानीय सामुदायीक बिद्यालयमा पढ्ने गर्दछन् । सदरमुखकाम चैनपुर आसपास हाँसु जस्ता अन्य असाहय गरिब महिलाहरु पनि गिट्टी कुटेर घरखर्च साथै केटाकेटीको पढाई खर्च गदै आएकी देखिन्छन् ।