सुदूरपश्चिममा कोरोना जित्ने बढ्दै

0
Shares

डोटी, (नेस)
सुदूरपश्चिम प्रदेशमा कोरोनालाई परास्त गर्ने बढ्दै गइरहेका छन् । हालसम्म कम्तीमा ६ हजार ६ सयभन्दा बढी संक्रमित निको भएर घर फर्किइसकेका छन् ।
प्रदेशमा कोरोना संक्रमित निको हुने दर बढ्दै गएको पाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । कोरोना संक्रमित भएकाहरूले आफ्नै घरमा एकान्तबास बस्ने गरेका कारण पनि यो प्रदेशमा कोरोना संक्रमण समुदायमा सर्न नसकेको स्वाथ्यकर्मीहरुले दाबी गर्दै आएका छन् । अधिकांश कोरोना संक्रमितले गाउँमै जडीबुटी तथा बेसारपानी खाने गरेका कारण चाँडै कोरोना जितेर डिस्चार्ज हुँदै गएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
हालसम्म यस प्रदेशका कैलालीबाट १ हजार ३ सय ३१, डोटीका ९ सय ५२, अछामका ७ सय ९५, कञ्चनपुरका ६ सय १६, बाजुराका ४ सय ४२, बैतडीका ३ सय २२, डँडेल्धुराका २ सय ९९, बझाङका २ सय ८० र दार्चुलाका ४१ जनाले कोरोना जितेर घर फर्किएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
यसै सिलसिलामा कोभिड–१९ का कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १७ जना पुगेको छ । असोज महिना शुरु भएसँगै प्रदेशमा कोरोना संक्रमितको मृत्यु दर बढेको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । मृत्यु दर बढे पनि कोरोना संक्रमण निको हुँने दर पनि बढेको पाइएको छ ।