एक लभरको फस्ट लुक

0
Shares

सर्ट मुभी एक लभरको फस्ट लुक सार्वजनिक गरिएको छ। द सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको फिल्मको सोमबार दुई लुक्स सार्वजनिक गरिएको हो।
सीए दुर्गाप्रसाद ज्ञवालीले निर्माण गरेको फिल्म रामजी ज्ञवालीले निर्देशन गरेका छन्। समसामयिक प्रेमकथामा आधारित फिल्मको दुई पोस्टरमध्ये एउटा पोस्टरमा प्रेमिल जोडीको प्रेमभाव प्रस्तुत गरिएको छ भने अर्को पोस्टरमा युवाको भिन्नै चरित्र देखाउन खोजिएको छ। पोस्टरमा साहिल खान र अनुपमा भण्डारीलाई फिचर गरिएको छ। फिल्ममा फिल्म सम्पादक साहिल खानले अभिनय गरेका छन्। उनलले फिल्ममा निकै मिहेनत गरेको बताए। फिल्ममा साहिल र अनुपमाका साथमा राज थापा क्षेत्री, सरु माझीलगायतले अभिनय गरेका छन्। मुभी फ्याक्ट्रीमा पोस्ट प्रडक्सनको काम भइरहेको फिल्मको फस्टलुक पोस्टरसँगै निर्माण टिमले फिल्मको रिलिज मितिसमेत सार्वजनिक गरेको छ ।
चलचित्रका निर्माता दुर्गाप्रसाद ज्ञवालीले आगामी कात्तिक १७ गते फिल्म सार्वजनिक हुने जानकारी गराए। छोटो फिल्म भए पनि यसले आम दर्शकको चाहनाअनुसारको विषयवस्तु उठान गरेको निर्देशन रामजी ज्ञवालीले दाबी गरे। फिल्ममा निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखन रहेको छ।