काठमाडौं उपत्यकामा थपिए २२८३ कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप २२८३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै देशभर ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टमा १ हजार ४७३ जनाले कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।