बसको ठक्करबाट २ जनाको मृत्यु

0
Shares

अमृत अर्याल,स्याङजा ।

सिद्धार्थ राजमार्ग अन्तर्गत जिल्लाको भिरकोट नगरपालिका वडा नं १ बयरघारी दार्सिङमा शुक्रबार दिउँसो स्कूल बसको ठक्करबाट २ जनाको मृत्यू भएको छ । वालिङबाट हेलु तर्फ जाँदै गरेको पाईनियर हाईएर एजुकेसन एकेडेमी स्कुलको ग. १ क. ४३७० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग. १३ प. २८१४ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा सवार स्याङ्जाको भिरकोट न.पा. ३ बानेथोक देउराली घर भई हाल कपिल्बस्तु बस्ने बर्ष ३१ को ध्रुव भन्ने गुप्त ब. खत्री र सोही स्थान घर भई हाल स्याङजाको वालिङ न.पा. १ राम्बाच्छा बस्ने बर्ष ५५ को ढाल ब. रानाको मृत्यू भएको छ । बसको ठक्करबाट घाईते भएका मोटरसाईकल सवार दुवैजनाको स्थानीय कालिका सामुदायिक अस्पताल हेलु स्याङ्जामा उपचारको क्रममा मृत्यू भएको प्रहरीको भनाई छ ।

दुबै सवारी साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो । लकडाउन खुलेसँगैं जिल्लामा सवारी दुर्घटना हुने क्रम बढेको पाईन्छ ।