आत्महत्या रोकथाम गर्न टोल फ्रि नम्बर

14
Shares

काठमाडौं, (नेस)
कोरोना संक्रमणको वृद्धिसँगै आत्महत्या गर्ने नेपालीको संख्या बढ्न थालेपछि सरकारले आत्महत्या रोकथामका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको छ ।

आत्महत्या रोकथामका लागि भन्दै स्वाथ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण अस्पतालकोे १६११ र १६००१२१६०० नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

नेपालमा हरेक वर्ष ६ हजारभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पनि यसको असरमा परेकाहरुले आत्महत्या गर्न थालेपछि मन्त्रालयले उक्त कदम चालेको हो ।

मन्त्रालयले मानसिक रोगसम्बन्धी कुनै पनि परामर्श लिनुपरे निःशुल्करुपमा उपलब्ध गराइएको नम्बरमा सम्पर्क राख्नसमेत आग्रह गरेको छ । बिहीबार विश्व आत्महत्या रोकथाम दिवस पारेर उक्त टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो । दिवसका दिन सरकारले टोल फ्रि नम्बर सञ्चालन शुरु गरेको हो।