पौने ६ करोड ठगी गर्ने पक्राउ


काठमाडौ (नेस)।

न्यूरोडमा रहेको नौलो परिवेश बचत तथा सहकारी संस्था लिमिटेडका प्रवन्धका रुपमा कार्यरत राजकाजी खड्कीलाई ५ करोड ६७ लाख ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

२०७० देखि २०७७ जेठ मसान्त सम्म काम गरेका खड्कीले उक्त रकम हिनामिना गरी फरार भएकोमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

उनले संस्थालाई बिभिन्न बहान बनाई ऋण प्रवाह गरेको भन्दै रकम आफ्नो खातामा हालेर संस्थालाई ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।