माइतीमा आएका वखत ढुङ्गाले च्यापिएर आमाको मृत्यु, छोरी घाइते


पाल्पा ।

घर माथिबाट खसेको ढुङ्गाले च्यापिएर पाल्पामा एक महिलाको मृत्यू भएको छ । जिल्लाको तिनाउ गाउँपालिका ३ श्रीडाँडामा मंगलवार राती घरमाथिबाट खसेको ढुङ्गाले लागेर माइतीमा आएकी महिलाको मृत्यु भएको हो ।

अविरल वर्षाका कारण गोविन्द्र सोमैको घर माथिको पहाडबाट खसेको ुंढुङ्गाले लाग्दा माथागढी गाउँपालिका ७ रहवास घर भएकी २९ वर्षकी समिक्षा चौहान मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तिज मान्न आमा छोरी माइत र मावलीमा आएकोका उनिहरु जिल्लामा जारी निषेधाज्ञाका कारण घर फर्किन सकेका थिएनन् । मंगलबार साँझ उनिहरु माइती घरको छिमेकीकहाँ गएका थिए । नाता पर्ने गोविन्दको घरमा मोबाइल चार्ज गरि बसेको अवस्थामा माथिबाट ढुंङ्गा आइ घरको छानो टिन सहित उनिहरुलाई च्यापेको स्थानीयले बताएका छन् ।

ढुंगाले लागेर उनी र ३ वर्षकी छोरी करिश्मा घाइते भएका थिए । घाइते भएकी आमाको सिटी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । छोरीको सिटी अस्पातलमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको अवस्था अहिले गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताउनु भयो ।