वैकल्पित विधि अपनाएर पठनपाठन


नेपाल समाचारपत्र, पर्वत
पर्वतको कुस्मा नगरपालिकामा वैकल्पिक विधि र टोल–टोलमा गएर भए पनि कोभिड–१९ का कारण अवरुद्ध पठनपाठन शुरू गरिने भएको छ । कुस्मा नगरपालिकाको शिक्षा शाखाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरूसँग आयोजना गरेको जुम मिटिङमा वैकल्पिक विधि वा टोल–टोलमै गएर भए पनि अवरुद्ध भएको पठनपाठन सुचारु गर्ने सहमति बनेको हो ।

लामो समयसम्म पठनपाठन अवरुद्ध हुँदा विद्यार्थीलाई ठँलो मानसिक तनाव परेको देखिएकाले सुरक्षाका उपाय अवलम्बन गराउँदै जुन विधिबाट सकिन्छ विद्यालयहरूमा पठनपाठन शुरू गराउने सहमति बनेको छ ।

विद्यार्थी संख्या कम भएका विद्यालयहरूमा दँरी कायम गरेर पठनपाठन गराउन सकिने तर विद्यार्थी संख्या बढी भएका विद्यालयमा टोलमै पुगेर गृहकार्य दिने, टोलमा शिक्षण गर्ने, वैकल्पिक र अनलाइन विधिबाट पनि पठनपाठन गराउन अनुरोध गरिएको नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षत्रीले बताउनुभयो ।

‘पठनपाठन शुरू गर्नका लागि आवश्यक निर्देशनसमेत दिइएको छ’, उहाँले भन्नुभयो– ‘आफ्नो विद्यालयको वस्तुगत अवस्था र विद्यार्थी संख्याका आधारमा व्यवस्थापन समिति र शिक्षकको सल्लाहमा मोडालिटी तयार गर्न सक्नेछन् ।’ कतिपय बिद्यालयमा क्वारेन्टाइन रहेका कारण नजिकका विद्यालयमा विद्यार्थी पठाएर पनि पढाउन सकिने विकल्प अघि सारिएको थियो । सहभागी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरूले नगर शिक्षाले स्पष्ट निर्देशन दिएपछि पठनपाठन शुरू गर्न सहज हुने धारणा राखेका थिए ।

कतिपय ठाउँमा शुरू गरेर पनि छाड्नुपरेको ग्रामीण क्षेत्रमा अनलाइन कक्षा प्रभावकारी बन्न नसकेको, टोल शिक्षालाई पनि निरन्तरता दिन कठिन भएको जस्ता अनुभव बैठकमा सहभागीले राख्नुभएको थियो ।

भर्चुअल बैठकमा व्यवस्थापन समिति गठन हुन नसकेका विद्यालयमा यथाशीघ्र समिति गठन गर्न अनुरोध गरिएको छ । समिति पुनर्गठन गर्न नसक्दा कानुनी समस्यासमेत विद्यालयले झेल्नुपर्ने अवस्था आउने भएकाले विद्यालयमा शैक्षिक अगुवा, राजनैतिक दल, जनप्रतिनिधि, अभिभावको सहमतिबाट समिति पुनर्गठन गर्न सकिनेछ । कुस्मामा पाङ धैरेनी मावि र शिवालय माविमा केही दिनअघि समिति पुनर्गठन गरिएको छ ।

उक्त बैठकमा विद्यालयको लेखापरीक्षण गर्न, बुक कर्नर, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब स्थापनाका काम तत्काल सक्न र भवन निर्माणलगायतका पँर्वाधार निर्माणका काम सक्न पनि निर्देशन दिइएको छ । बैठकलाई सम्बोधन गर्दै कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले बेरुजु फस्र्योट गर्न निर्देशन दिनुभएको थियो ।

कोभिड–१९ का कारण विद्यालयहरूले भोगेका समस्या साझा भएकाले सम्भव भएका विधि अपनाएर विद्यालय सञ्चालन गर्ने वा पठनपाठन नियमित गर्ने कुरामा गम्भीर बन्न आग्रह गर्नुभएको थियो ।

नगरशिक्षा प्रमुख विष्णु तिवारीको अध्यक्षतामा भएको बैठकमा कुस्मा नगरपालिका–७ का अध्यक्ष सुवासचन्द्र पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका अध्यक्ष चिरञ्जीवी अधिकारी, नेपाल शिक्षक संघ पर्वतका सचिव गोविन्द पोखरेल, प्याब्सनका केन्द्रीय सदस्य वसन्त कर्माचार्य, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष पँर्णचन्द्र काफ्ले, पञ्चकोशी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्मा, नगर शिक्षा अधिकृत दीपक सुवेदीलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

बैठकमा कुस्मा नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयका अध्यक्ष र प्रअ गरी २ सयभन्दा बढी सहभागी हुनुभएको थियो । कुस्मा नगरपालिकाले यसअघि शिक्षकहरूका लागि अनलाइन कक्षा सञ्चालनसम्बन्धी १० दिने भर्चुअल तालिम तथा एसईईका विद्यार्थीका लागि रेडियोबाट पठनपाठन गराएको थियो ।