कोरोना संक्रमितको १० दिनमा दोस्रो परीक्षण रिपोर्ट नेगटिभ आएमा घर पठाउन निर्देशन

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना संक्रमीतको संख्या बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि भै कोभिड १९ का लागि तोकिएका अस्पतालमा आइसोलेसनमा रहेका संक्रमितलाई १० दिनमा दोस्रो परिक्षण गरि रिपोर्ट नेगेटिभ आएमा घर पठाउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार मिडिया ब्रिफिङमा उक्त निर्देशन सहितको सूचना पढ्दै १४ दिन सम्म मात्र अस्पतालले सामान्य अवस्थाका संक्रमितलाई राखेबापत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्चबापत तोकिएको रकम सोतभर्ना गर्ने र थप दिनको नगर्ने समेत जानकारी गराउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड (१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएम)ले यस्तो निर्देशन दिएको हो । ‘गत सोमबार बसेको आइसीएसको बैठकको निर्णय अनुसार कोरोना भाइरस संक्रमितको उपचार सबै अस्पतालहरुलाई दिइएको उक्त निर्देशनमा यदि लक्षण नभएका र सामान्य अवस्थाका बिरामीको भर्ना गरिएको छ भने उनीहरुलाई १० दिन भित्र पीसीआर गरी डिस्चार्ज गर्ने ।

यदि १० दिन पछि पोजेटिभ आयो भने १४ दिन राखेर पीसीआर नगरी डिस्चार्ज गर्ने । यदि १४ दिन भन्दा बढी राखियो भने त्यसपछिको सोधभर्ना सरकारले नबेहोर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी गराउनुभयो । आइसीएसले केही दिन अघि मात्रै लक्षण नभएका संक्रमितहरुलाई अस्पतालमा भर्ना नगर्ने निर्णय गरिसकेको छ । उनीहरुलाई होम आइसोलेसन वा अन्य आइसोलेसनमा राख्न निर्देशन दिएको थियो ।

पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १३ हजार २ सय ५३ परिक्षणमा ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । हाल सम्म १ सय ७५ जनाको कोरोना संक्रमण मृत्युु अघि र पछि गरि पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भै सामान्य अवस्थामा रहेका सातै प्रदेशमा गरि ६ हजार २ जना होम आईसोलेसनमा रहेका र १ सय ७० जना आईसियु र भेन्टिलेटरमा रहेको डा.गौतमले बताउँनुभयो ।