कुलमानलाई पुन: नियुक्त गर्ने कुनै निर्णय भएको छैन : उर्जामन्त्री पुन

28
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका सिईओ कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि पुन नियुक्ति गर्ने बारे कुनै निर्णय नभएको उर्जामन्त्री बर्षमान पुनले बताएका छन् । मन्त्री पुनले घिसिङको कार्यकाल लम्ब्याउनेबारे मन्त्रिपरिषदमा कुनै प्रस्ताव समेत नलगिएको बताए ।

मन्त्रिपरिषद्को बैठक जारी रहेपनि यसबारे कएजेण्डा नरहेको बताईएको छ ।कुलमानको पुन कार्यकाल थपिएको भन्दै सामाजिक सञ्जालमा खुसीयाली छाएको छ । यतिबेला फेसबुक लगायतका सामाजिक सञ्जालहरु कुलमानलाई दिईएका बधाई र शुभकामनाका सन्देशहरुले रंगिएका देख्न सकिन्छ ।

कुलमान प्राधिकरणको सिईओ नियुक्त, हुनुपुर्व नेपालमा चर्को लोडसेडिङ थियो । उनी आएपछि अध्यारोबाट नेपाल उज्यालो बनेको थियो ।
उनको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनलाई सोही पदमा पुन दाहोर्याउनु पर्ने माग गर्दै जनआवाज तिब्र बढ्न थालेको छ ।