पाँच लाख बराबरको अवैध समान सशस्त्र प्रहरीको नियन्त्रणमा


सुभेन्द्र दास लहान ।

सप्तरी सीमा सुरक्षासहित कोरोना रोकथाम तथा नियन्त्रणका लागी व्यापकरुपमा सशस्त्र प्रहरीको उपस्थिति रहँदा पनि लकडाउनको समयमा तस्करी बढदै गएको पाइएको छ ।

जिल्लाका सबै सीमानाकाहरुमा आवत जावतमा पूर्ण रोक लगाइनुका साथसाथै तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपाल सप्तरीका प्रमुख सशस्त्र प्रहरी एसपि राजु श्रेष्ठको कमान्डमा सात जना मोबाइल गस्तीले टोलिले सक्रियता देखाएका छन् ।

यसै, क्रममा हनुमाननागर नगरपालिका वडा नं ३ बाट भारतबाट अवैधरुपमा लकाइछुपाइ ल्याउदै गरेको पाँच लाख मूल्य बराबरको किरना समान , चिनी राजनिवास ,रजानिगान्न्धा कोस्मेटिक साथै खैनी (सुर्ती )लगायत समानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय राजबिराजमा बुझाइएको सशस्त्र प्रहरीका एसपी राजु श्रेष्ठले जानकारी दिनुभयो