चितुवाको आक्रमणबाट स्याङ्जामा एक घाइते


स्याङ्जा, (नेस)

आइतबार राति चितुवाको आक्रमणबाट वालिङ नगरपालिका–११ स्वरेक टापुका ६७ वर्षीया खगेश्वार पङेनी घाइते हुनुभएको छ ।

घरमा ब्याएरको भैंसी आँगनमा बसेर कुरिरहेका बेला रातको करिब २ बजे एक्कासि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । आक्रमण गरेलगत्तै चितुवा भागेको हुँदा घाइतेको टाउको र दुवै हातमा मात्रै चोट लागेको उहाँले बताउनुभयो ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको भए पनि घाइतेको अवस्था गम्भीर नभएको हुँदा घर–परिवारले घर लगेको पनि अधिकारीले जानकारी दिनुभयो ।