५० प्रतिशत कर्मचारीलाई मात्रै काममा आउन शिक्षा मन्त्रालयको निर्देशन

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना महामारीको जोखिम बढेको भन्दै बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा आउन शििक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायलाइ निर्देशन दिएको छ । बिहीबार एक परिपत्र जारी गर्दै मन्त्रालयले बाँकी कर्मचारीहरूले आलोपालो हुने गरी घरैबाट काम गर्न भनेको छ ।

यसअघि यही २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले दुई सय भन्दा बढी संक्रमित भएका जिल्लामा बढीमा ५० प्रतिशत कर्मचारी राखेर कार्यालय चलाउनु पर्ने निर्णय गरेको थियो ।

मन्त्रालयले शिक्षक सेवा आयोग, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, केशर पुस्तकालय, राष्ट्रिय किताब खाना ९शिक्षक०, सिटीईभिटी, विश्व विद्यालय अनुदान आयोग र डिल्लीरमण कल्याण स्मारक पुस्तकालयलाई यस्तो निर्देशन दिएको हो ।

यस्तै, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना, सीटीईभीटी परियोजना, मन्त्रालयअन्तर्गतका सबै महाशाखा, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय पुस्तकालय, चिकित्सा शिक्षा आयोग र जनक शिक्षा सामग्री केन्द्रलाई आधा भन्दा कम कर्मचारीबाट कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।