एकै दिन कोरोना संक्रमणबाट १० को मृत्यु

0
Shares

काठमाडौं, (नेस)
कोरोना संक्रमणको तीव्र चपेटामा पर्दै गएको नेपालमा विगत २४ घन्टामा १० जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण जनकपुर उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि गिरीलाई हेलिकोप्टरमार्फत उपचारका लागि मेडिसिटी अस्पताल ल्याइएको थियो । उहाँको त्यहीं उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसै गरी जनकपुरकै संक्रमित एक महिलाको पनि काठमाडौंमा उपचारका क्रममा निधन भएको छ । कोरोना संक्रमणबाट काठमाडौं, धादिङ, सप्तरी, मोरङ, रुपन्देही, महोत्तरी, बारा, पर्सा र कपिलवस्तुका एक–एक जनाको निधन भएको छ ।
कोरोना संक्रमणबाट मर्नेको संख्या ९२ पुगेको छ भने संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।
काठमाडौ टेकुकी एक ७८ वर्षीया वृद्धाको ललितपुरस्थित किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । साउन २६ गतेदेखि किस्ट अस्पतालमा उपचाररत उनी मधुमेह, रक्तचापका समस्याबाट पीडित थिइन् ।